नियम १५
उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
(१) उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र् अधिकार देहाय बमोजिम हुनेछः-
(क) आफ्नो प्रादेशिक अधिकारक्षेत्र भित्र रहेको उच्च अदालत बा अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारको तर्फबाट अभियोगपत्र, पुनरावेदनपत्र, निवेदनपत्र दायर गर्ने वा गराउने तथा बहस पेरबी गर्ने,
(ख) नेपाल सरकार वादी हुने मुद्दामा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चलाउने वा नचलाउने निर्णय र तत्सम्बन्धी कार्य गर्ने,
(ग) आफ्नो प्रादेशिक अधिकारक्षेत्र भित्र रहेको उच्च अदालत र अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा: नेपाल सरकार बा नेपाल सरकारको कर्मचारीको तर्फबाट पुनरावेदनपत्र, निबेदनपत्र_ दायर गर्ने बा गराउने र बहस पैरवी गर्ने,
(घ) महान्यायाधिवक्ताको कार्यालयले खटाएमा आफ्नो प्रादेशिक अधिकारक्षेत्र बाहिरका कुनै अड्डा अदालतमा उपस्थित भई बहस, पैरवी लगायतका काम कारबाही गर्ने,
(ङ) आफ्नो प्रादेशिक अधिकारक्षेत्र भित्र रहेका प्रदेश प्रमुख तथा नेपाल सरकारको कार्यालयका प्रमुखले मागेको कानूनी प्रश्नमा राय सल्लाह दिने,
(च)_ हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजूरी परेमा वा सो विषयमा जुनसुकै तरिका वा माध्यमबाट जानकारी हुन आएमा आवश्यक छानबिन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक : निर्देशन दिने,
(छ) खण्ड (च) बमोजिम “छानबिन गरी निर्देशन दिएको बिषयमा महान्यायाधिवक्ताको कार्यालयमा प्रतिवेदन पेश: गर्ने,
(ज) प्रचलित कानून बमोजिम कार्यालय प्रमुखलाई भएका अधिकार बमोजिमको काम कारबाही गर्ने ।
(२) उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले प्रचलित कानूनको अधीनमा रही यस नियमावली बमोजिम आफूमा निहित प्रशासकीय अधिकारमध्ये केही अधिकार आफू मातहतको अन्य कुनै सरकारी वकील वा अधिकृतले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।